लापरवाहीको हदः मतदाता परिचय पत्रमा कुकुरको तस्वीर !

डिसी नेपाल
२२ फागुन २०७६ १४:४४

नयाँ दिल्ली। भारतको पश्चिम बंगालमा एक व्यक्तिको मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखिएको विषयले अहिले तरंग ल्याएको छ । सुनील करमाकर नामका ती व्यक्तिको परिचय पत्रमा नाम, ठेगाना सबै सही छन् तर तस्वीर भने कुकुरको छ । मुर्शिदाबादका करमाकरले भारतको निर्वाचन आयोगविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन् ।

६४ वर्षीय करमाकरले भने, ‘आयोगका अधिकारीले मेरो मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखेछन् । मैले सुधारका लागि निवेदन दिएको थिएँ । तर उनीहरूले सुधार गरेनन् ।’ कर्मचारीहरूले जानीबुझी गल्ती गरेको करमाकरको भनाइ छ । यसले गर्दा आफ्नो सार्वजनिक बेइज्जती भएको र मजाक उडाइएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.