धनगढीका सबै शैक्षिक संस्था बन्द

डिसी नेपाल
२३ फागुन २०७६ २०:१८

धनगढी। धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै शुक्रबार यहाँ बसेको सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना नभएसम्म लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेखित छ ।

यो रोग स्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, बोल्दा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले साथीभाईसँग भेटघाट हुँदा हात नमिलाउन, दुई मिटर टाढा नै बस्न, मास्क लगाउन, साबुन पानीले राम्रोसँग हात सफा गर्न, केही दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सवलगायत मानिसको भिडाभाडमा गरिने किसिमका कार्यक्रम आयोजना नगर्न हुन आग्रह गरिएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *