कार्यालय सहयोगी मृत भेटिए
साङ्केतिक तस्वीर
बैतडी। मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् । सो नगरपालिका मेलौली –६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका–३ साउगाडामा मृत फेला परेका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले शनिबार जानकारी दिए।
यस्तै डिलाशैनी गाउँपालिका–३ बगडीस्थित सडकछेउमा दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला परेको र मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउन लागिएको उनले बताए। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment