पत्रकार वीरेन्द्र साह हत्याको मुख्य योजनकार फौजदार पक्राउ

डिसी नेपाल
२५ फागुन २०७६ ९:५२

काठमाडौं। बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकार मानिएका कुन्दन फौजदार पक्राउ परेका छन्। आज विहान दुई बजे घरबाटै फैजदारलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसी कृष्ण पंगेनीले जानकारी दिए।

‘पत्रकार वीरेन्द्र साहको हत्याको मुख्य अभियुक्त मानिएका कुन्दन फौजदारलाई आज राति दुई बजे उनकै घरबाट पक्राउ गरिएको छ,’ एसपी पंगेनीले डिसी नेपालसँग भने, ‘पत्रकार साहको हत्या अभियोगको विषयमा आजै उनलाई अदालत पेश गर्दैछौं।’

एसपी पंगेनीका अनुसार अभियुक्त फौजदारमाथि तीनवटा अभियोग रहेको जानकारी दिए। पत्रकार साहको हत्या, लागु औषध र डाँडा गरी तीनवटा मुद्दा उनीमाथि रहेको छ।

पत्रकार साह हत्यामा संलग्न अन्य दुई लालबहादुर चौधरी धामी र ईनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन्। यसअघि यसै घटनामा संलग्न रहेका जीतपुरसिमरा उपमहानगरपालिका २० बसडिल्वाका मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी गतवर्ष छुटेका थिए भने रामएकवाल सहनी १० वर्षदेखि वीरगन्ज कारागारमा छन्।

एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *