अमेरिकामा सुतिरहेकै अवस्थामा अस्ताए नेपाली युवा

डिसी नेपाल
२८ फागुन २०७६ १०:२९

वासिंटन डिसी । अमेरिकामा एक नेपाली युवाले सुतिरहेकै अवस्थामा संसार त्यागेका छन् । बाल्टिमोरमा बस्दै आएका बाग्लुङका ३१ वर्षीयसुनिल केसीको सुतिरहेकै अवस्थामा ज्यान गएको हो ।

उनका सहकर्मीका अनुसार सुनिल २ दिनदेखि काममा आएका थिएनन् । उनी आफूले काम गर्दै आएको स्टोरको माथिल्लो तल्लामा बस्थे । २ दिनसम्म काममा नआएपछि उनी बस्ने तल्लामा सहकर्मीहरुले गएर ढोका खोल्दा नखुलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

उनको मृत्युको आधिकारिक कारण खुलेको छैन । शवलाई बाल्टिमोरको कोरोनरी हाउस राखिएको छ ।

सुनिल करिव ४ वर्षअघि अमेरिका आएका थिए । उनले हालसालै मात्रै अमेरिकामा बस्न कानुनी हैसियत प्राप्त गरेका थिए । अमेरिकामा बस्न कानुनी हैसियत प्राप्त गरेपछि केसी नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रियामा रहेको बुझिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *