कोरोना प्रभाव : फ्राइडे रिलिजमा छैनन् नेपाली फिल्म
काठमाडौं। कोरोना भाइरसको त्रास नभैदिएको भए फिल्म ‘म यस्तो गीत गाउँछु २’ आजदेखि प्रदर्शनमा आउँथ्यो। तर, कोरोना भाइरसको त्रासले यो फिल्मलाई अनिश्चितकालका लागि पछाडि धकेल्यो।
त्यस्तै, चैत ७ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘नीरफूल’को प्रदर्शन पनि अनिश्चितकालका लागि स्थगित भयो। यी फिल्म कहिले प्रदर्शनमा आउने हुन् टुंगो छैन्। त्यसपछि प्रदर्शनमा आउने भनिएका फिल्म पनि निर्धारित मितिमा प्रदर्शन नहुने शम्भावना बढेको छ।
यसरी हेर्दा लामो समय हल नयाँ नेपाली फिल्मविहीन हुने देखिएको छ। अहिले हलमा तीन साताअघि प्रदर्शनमा आएका नेपाली फिल्म ‘सेन्टी भाइरस’, ‘आमा’ प्रदर्शनमा छन्। ‘आमा’ मल्टिप्लेस र सिंगल दुवैमा रहेपछि ‘सेन्टी भाइरस’ सिंगल हलमा मात्र छ। गत साता प्रदर्शनमा आएको बलिउड फिल्म ‘बागी ३’ हलमा प्रदर्शनरत छन्।
कोरोनाको त्रासले यो शुक्रबार कुनै नेपाली फिल्म प्रदर्शनमा नआएपनि बलिउड फिल्म ‘अंग्रेजी मिडियम’ र हलिउड फिल्म ‘ब्लड सट’ प्रदर्शनमा आएका छन्।







डिसी नेपाल








Facebook Comment