हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

डिसी नेपाल
१ चैत २०७६ १९:४७

काठमाडौं। ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले हात पारेका छन।

शोको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पधिलाई पछि पार्दै हिमेश पहिलो ‘कमेडी च्याम्पियन’ बन्न सफल भएका हुन। कार्यक्रमका विजेता हिमेशले २५ लाख नगद सहित एउटा कार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

विभिन्न चरणसहित कार्यक्रमको फाइनलमा हिमेशसहित खड्गबहादुर पुन र सुमन कोइराला पुगेका थिए। तीनै जनाले वल्र्ड टूरको अवसर पनि प्राप्त गरेका छन्।

ग्रान्ड फिनालेमा महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) अतिथि रहेका थिए। त्यस्तै निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। विशाल भण्डारी निर्देशन गर्दै आएको शोको होस्ट रीमा विश्वकर्माले गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *