चलचित्र पत्रकार संघमा सिटौलाको नेतृत्व

डिसी नेपाल
३ चैत २०७६ २२:३७

काठमाडौं। चलचित्र पत्रकार संघ, नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन्।

सोमबार भएको संघको ८ औं केन्द्रीय महाअधिवेशनमा अध्यक्षका प्रत्यासी डब्बु क्षेत्री, गीता अधिकारी र अनिल यादवलाई पछि पार्दै सिटौला अध्यक्षमा विजयी भएका हुन्। विजयी सिटौलाले ७० मत प्राप्त गरे भने डब्बु, गीता र अनिलले क्रमश ३९, १४, १४ मत प्राप्त गरे।

यस्तै संघको कार्यक्रम उपाध्यक्षमा ७४ मतका साथ जीवन पराजुली निर्वाचित हुँदा उनका प्रतिद्धन्द्धी कुवेर गिरीले ६३ मत प्राप्त गरे। संघको संगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा भने निर्विरोध भए। संघको महासचिवमा ८८ मतका साथ समिर बलामी निर्वाचित भए। महासचिवका प्रत्यासी बैकुण्ठराज पराजुलीले ५० मत पाए।

सचिवमा १०५ मत प्राप्त गर्दै रघुनाथ सापकोटा विजयी भए। सचिवका प्रत्यासी राम खड्काले ३१ मत प्राप्त गरे। समावेशी सचिवतर्फ विशाल राई निर्विरोध हुँदा कोषाध्यक्षमा प्रदीप कार्की निर्वारोध भए।

संघको सह–कोषाध्यक्षमा विनोद पोखरेल निर्वाचित भए। ६२ मतका साथ पोखरेल निर्वाचित हुँदा सह–कोषाध्यक्षका प्रत्यासी लेख बहादुर आचार्यले ६० मत प्राप्त गरे।

यसैगरी संघको कार्यसमितिमा नविन गिरी १०५ मत, अन्जान दाहाल (मनिष) ८२ मत, मिलन ढुंगाना ७६ मत, गोपिकृष्ण चापागाईँ ७५ मत, गणेश वली ६९ मत र सृष्टि पोख्रेल ६६ मतका साथ निर्वाचित भए। महिला सदस्यमा सुरक्षा भट्टराई र समावेशी सदस्यमा दीपक गुरुङ निर्विरोध भए।

-तस्वीर : टंक केसी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *