कतार एयरवेजको टिकट लिएकाहरूले नि:शुल्क १ वर्षसम्म यात्राको मिति सार्न पाउने
दोहा । कतार एयरवेजले आफ्न्ना यात्रुहरूलाई टिकट काटेको मितिदेखि १ वर्षसम्मका लागि निःशुल्क यात्राको मिति सार्ने सुविधा उपलब्ध गराउने भएको छ ।
एयरवेजका अनुसार आगामी जुन ३० तारिखसम्मका लागि बुकिङ गरिएका टिकटहरुको यात्रा मिति परिवर्तन गर्नु परेमा निःशुल्क ट्राभल भौचर लिन सकिनेछ । यो भौचर पहिलोपटक टिकट काटेको मितिले १ वर्षसम्म वैध हुनेछ । त्यो अवधिमा यो भौचरको मद्दतले जुनसुकै मितिको टिकट लिन सकिनेछ ।
कोरोनको प्रकोप बढ्दै गएपछि कतार सरकारले सम्भावित जोखिमलाई ध्यान दिँदै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि एयरवेजका उडान प्रभावित हुन् पुगेका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment