बर्दीसहित दैलेख पुगेका भारतीय प्रहरीलाई नेपाल प्रहरीले फिर्ता पठायो

डिसी नेपाल
५ चैत २०७६ १२:०७

सुर्खेत । भारतको हरियाणा प्रदेशबाट बर्दीसहित भारतीय प्रहरी दैलेख पुगेका तीनजना भारतीय प्रहरीलाई भारत फिर्ता पठाईएको छ।

एक जना सहायक निरीक्षक (सई) को नेतृत्वमा हवल्दार र सिपाही गरी तीन जना भारतीय प्रहरी दैलेख सदरमुकाममा पुगेका पुगेका थिए।

भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको थियो।

सोधपुछका क्रममा उनीहरुले भारतमा चोरी र घरमा विषादी हालेर खाना खुवाएको अभियोग लागेका व्यक्तिको ठेगाना खोज्दै आफूहरु दैलेख आएको बयान दिएका थिए ।

उनीहरुले एक व्यक्तिको नाम र फोटो लिएर नेपाल आएको जिल्ला प्रहरी कार्यालय, दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । प्रहरी निरीक्षक साउदका अनुसार उनीहरुले गोरखपुर हुँदै सादा पोशाकमै दैलेख आएको बताएका छन् ।

तर, होटलबाट निस्किने बेला भने पोशाकमै प्रहरी कार्यालय जाँदा सहज हुने सोचेर फेरेको उनीहरुले बताएका छन् । यद्यपि, सीमा क्षेत्रमा नेपाल प्रहरी र भारतीय प्रहरीबीच अनौपचारिक रुपमा समन्वय हुने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *