सनी लियोनीको प्रस्तावले निर्माता चकित

डिसी नेपाल
४ असोज २०७५ ०:०१

एजेन्सी । घोडाले घाँससँग मित्रता गरे के खाला रु अर्थात यौनिक दृष्य दिनसक्ने लोभमा नै अभिनेत्रीको रुपमा भित्र्याईएको चर्चा चलिरहेका बेला पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोनी स्वयमले खानुपर्ने घाँसलाई मित्रता गर्छ भनेर घोडाले अनौठो प्रस्ताव राखेजस्तै गरेकी छिन् ।

खबरअनुसार सनी लियोनीले चलचित्र साइन गर्नुअघि एउटा सर्त राख्ने निर्णय गरेकी छन् । निर्माता–निर्देशकलाई उनको सर्त मञ्जुर भए मात्र उनले चलचित्र साइन गर्ने भएकी हुन् । उनको यो शर्तका कारण उनकै करिअर खतरामा परेको छ।

सनी लियोनले आफ्नो सम्झौतामा ‘नो किसिङ क्लज’ उल्लेख गर्ने तयारीमा छिन् अर्थात उनी लिप लक दृष्य नदिने तयारीमा छिन् । यसबाट निर्माताहरु उल्झनमा पर्ने भएका छन् जो सनी लियोनीलाई आफ्नो चलचित्र तयारीमा थिए ।

बिना हट दृष्यको सनी लियोनीका साथ चलचित्र बनाउनु सम्भव छ रु दिपिका र प्रियंकाजस्ता अभिनेत्री किसिङ सिन दिन कुनै आपत्ति जनाउँदैनन् भने हट सनी लियोनीको यो आपत्तिले सबैलाई आश्चर्यमा पारेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *