काठमाडौंमा भूकम्पको धक्का

डिसी नेपाल
७ चैत २०७६ ७:५६

काठमाडौँ। काठमाडौँ सहितका क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पले हल्लाएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन्। नेपालमा यसको धक्का काठमाडौँसहितका क्षेत्रमा पनि महसुस गरिएको हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको इपी सेन्टर नेपाल बाहिर तिब्बतमा देखिएको र पत्ता लगाउन लागिरहेको जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *