१४ वटा हात्ती रक्सीको गोदाममा छिरे, रक्सी पिएर मातेपछि चिया बगानमा सुते

डिसी नेपाल
९ चैत २०७६ ९:३०

युन्नान। दक्षिण पश्चिम चीनको युन्नान प्रान्तको एक गाउँमा १४ वटा हात्तकिो समूह रक्सीको गोदाममा पसे । हात्तीहरुले त्यहाँ उत्पात त मच्चाए नै, मदिरा बनाउने सामग्रीसमेत पोखिदिए । दुई वटा हात्तीले त त्यहाँ राखिएको मकैबाट बनेको ३० लिटर रक्सी पनि पिए । रक्सी पिएर मातेपछि उनीहरु जंगलतिर निस्किए ।

बाहिर निस्किएपछि हात्तीको यो झुण्ड चिया बगानमा पुग्यो । चिया बगानमा रक्सीले मातेका हात्तीहरुको सन्तुलन बिग्रिन थाल्यो । दुवैले केही बेरसम्म एक अर्कालाई सहारा दिए । त्यसपछि दुवै त्यहीँ सुते । यो घटना गाउँको सिसिटिभीमा रेकर्ड भयो जो भाइरल भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *