हिरोइनले सेल्फ क्वारेन्टाइनमा बस्न मानिनन्, उल्टै सरकारसँग आक्रोश पोखिन्

डिसी नेपाल
९ चैत २०७६ १६:०८

काठमाडौं। कोरोनाभाइरसको महामारी विश्वव्यापी रुपमा फैलिँदै गएका बेला मानिसहरुलाई सामाजिक दूरी बढाउने अभ्यास गर्न भनिएको छ । मानिसहरुलाई घरमै बस्न भनिएको छ । तर, एक अभिनेत्रीले भने यी सबै सुझावलाई बेवास्ता गर्दै सेल्फ आइसोलेसनमा बस्न अस्वीकार गरेकी छिन् ।

अभिनेत्री इभान्जेलिन लिलीले सेल्फ आइसोलेसन सामाजिक रुपमा दूरी बढाउने अभ्यास गर्न अस्वीकार गर्दै आफ्नो घरमा सबै कुराहरु पहिलेजस्तै भएको बताएकी छिन् । यी अभिनेत्रीले बिहानको चियाको फोटो इन्स्टाग्राममा पोस्ट गर्दै आफ्नो दिनचर्या नबदलिएको बताएकी हुन् । उनले भर्खरै आफ्ना छोराछोरीलाई जिम्न्यास्टिक क्याम्पमा छोडेको, उनीहरु हात धोएर भित्र गएको र खुसी रहेको उल्लेख गरेकी छिन् । उनको यो भनाइपछि उनका फ्यानहरुले भने उनको आलोचना गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *