गोदावरीमा शंकास्पद वस्तु विस्फोट, १ जनाको मृत्यु
फाईल तस्बिर
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा शंकास्पद वस्तु विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विकको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जंगलमा भेटिएको पित्तल जस्तो देखिने वस्तु घरमा ल्याएर तताउँदा विस्फोट भएर विकको मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment