मध्य प्रदेशको मुख्यमन्त्रीमा चौहान चयन
भोपाल । भारतको मध्य प्रदेशको मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता शिवसिंह चौहान चयन भएका छन् । स्थानीय समयअनुसार सोमबार बेलुका पार्टीको मुख्यालयमा बस्ने पार्टी संसदीय दलको बैठकले उनलाई अनुमोदन गरेकाे हाे ।
पार्टी बैठकपछि सोमबार नै बेलुका ९ बजे उनले सपथ ग्रहण गरेका छन्। नेता चौहान यसअघि सन् २००३ देखि २०१८ सम्म पनि मुख्यमन्त्री भएका थिए । निवर्तमान मुख्यमन्त्री कमल नाथले यही मार्च २० तारिखका दिन राजीनामा दिएपछि चौहानले फेरि मुख्यमन्त्री हुने मौका पाएका थिए ।
भारतीय राष्ट्रिय काँग्रेसका २२ जना विधायकले पार्टी परित्याग गर्ने र विधायक पदबाट राजिनामा दिने घोषणा गरेपछि काँग्रेस नेता कमलनाथले गभर्नर लालजी टन्डन समक्ष राजीनामा बुझाएका थिए । योसंँगै भारतको मध्य प्रदेश राज्यमा सत्ता परिवर्तन भएको हो ।







डिसी नेपाल








Facebook Comment