अब जुनसुकै मोबाइलमा रिचार्ज गर्दा बराबरकै रकम वोनस !

डिसी नेपाल
१२ चैत २०७६ ७:२४

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई रिचार्ज बराबर बोनस ब्यालेन्स दिन निर्देशन दिएको छ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले लकडाउनको अवस्थामा ग्राहकलाई घरबाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थपेर सेवा दिन निर्देशन दिएको हो।

प्राधिरकणले सापटी रकमको सीमा बढाएर २ सय रुपैयाँ पुर्‍याउन भनेको हो। हाल यस्तो सेवा १ सय रुपैयाँमा मात्र छ। यो निर्देशन एनसेल, नेपाल टेलिकमलगायत सबै दूरसञ्चार सेवा प्रदायकलेको हकमा लागु हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.