इन्टु मिन्टु लन्डनमा, बाँध मायालेसंगै धूम ३ प्रदर्शनमा
काठमाडौं। आज शुक्रबारबाट तिन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । ति चलचित्र हुन, ‘इन्टु मिन्टु लन्डनमा’, ‘बाँध मायाले’ र ‘धूम ३’ ।
इन्टु मिन्टु लन्डनमाः
रेनशा बान्तवा राई निर्देशित ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रमा अहिलेकी रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र युट्युबमा चर्चित नाम धिरज मगरको मुख्य भूमिका रहेको छ ।
गीत र ट्रेलरका कारण पनि यो चलचित्र दर्शकका लागि प्रतिक्षित थियो । चलचित्रमा साम्राज्ञी र धिरजका साथमा शारुक ताम्रकार, अर्जुन श्रेष्ठ, विजय लामा, रुवी राणा, दिलभूषण पाठक, सुनिशा बजगाईं लगायतको अभिनय रहेको छ। प्रज्ज्वल शमशेर र रेनशाको कथा समावेश चलचित्रमा सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ। चलचित्रलाई शैलेन्द्र डि। कार्कीले खिचेका हुन ।
बाँध मायालेः
सबिर श्रेष्ठ निर्देशित ‘बाँध मायाले’ मा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारीको मुख्य भूमिका छ ।
लभस्टोरी जनरामा निर्माण भएको चलचित्रलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन । चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतको अभिनय रहेको छ ।
यसै चलचित्रबाट किशोर खड्काले नायकको रुपमा डेब्यु गरेका छन् । चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।
धूम ३ः
आज शुक्रबारबाट प्रदर्शनमा आएको तेस्रो चलचित्र हो ‘धूम ३’ ।
जय किशन बस्नेतको निर्देशन,लेखन तथा प्रोडक्सन रहेको चलचित्रमा जयकिशन बस्नेत, एलिना रायमाझि, प्रज्वल गिरि, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, सुरबीर पण्डित, सिम्रन केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।
चलचित्रमा टंक बुढाथोकी तथा ओम सुनारको संगीत रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment