घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस्ः प्रधानमन्त्री

डिसी नेपाल
१२ चैत २०७६ १८:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन् ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले बुधबार ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गरेका हुन् । सन्देशमा भनिएको छ, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *