बिनु यादवलाई आवश्यक सहयोग गर्ने मन्त्री बादीको प्रतिबद्धता

डिसी नेपाल
५ साउन २०८३ १९:३४

काठमाडौं ।सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादव र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीबीच मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री बादीले यादवले उठाएका विषयप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै आफ्नो अधिकार क्षेत्रभित्र पर्ने मागहरूमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

भेटवार्ताका क्रममा यादवले आफूले उठाउँदै आएका माग, मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था तथा जीविकोपार्जनका विषयमा मन्त्रीसमक्ष आफ्ना धारणा राखेकी थिइन्। साथै, उनले यसअघि सरकार पक्षसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयसमक्ष लिखित निवेदनसमेत पेश गरेकी छन्।

जवाफमा मन्त्री बादीले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी कानुनबमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालयले आफ्नो भूमिकाअनुसार पूर्ण सहयोग गर्ने आश्वासन दिइन्। मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेका विषयहरूलाई भने चाँडै सम्बन्धित निकायमा आवश्यक पहलका लागि पठाइने विषयमा समेत छलफल भएको छ।

नागरिकका गुनासा तथा सरोकारप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री बादीले संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत नै समस्याको स्थायी समाधान खोज्नु सरकारको दायित्व भएको स्पष्ट पारिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *