साउदी अरबमा कर्फ्यू तोडे कडा सजाय, सतर्क रहन दूतावासको अपिल

डिसी नेपाल
१३ चैत २०७६ ७:०९

साउदी अरब । साउदी अरबमा दिन दिनै कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमित संख्या बढ्ने क्रममा छन् । अहिले यो समाचार तयार पार्दासम्ममा संक्रमित संख्या ९०० जना रहेको छन् भने जस अन्तर्गत आज मात्रै १३३ जना नयाँ संक्रमित थपिएका  छन् ।

संक्रमित व्यक्ति मध्ये जम्मा दुइ जनाको मृत्यु भएको छन् भने २९ जना निको भएर घर फ़र्किसकेको जानकारी साउदी अरबका प्रेसले जानकारी गराएका छन् ।

साउदी अरबमा मार्च २३ गते देखि सुरु भएको राति ७ बजे देखि बिहान ६ बजे सम्म अर्थात दिनको ११ घण्टा कर्फ्यु लागु भैसकेको तर मार्च २६ तारिख देखि कार्फ्यु समय बढ्ने जानकारी गराएका छन् । साउदी अरबका मुख्य सहरहरु राजधानी रियाद,मक्का र मदिनामा दिउसो ३ बजे देखि बिहाना ६ बजे सम्म अर्थात दिनको १५ घण्टा कर्फ्यु लगाउने साउदी सरकारले घोषणा गरेकाे छ ।

साउदी सरकारी वकिल कार्यालयले एक सूचना जारी गर्दै साउदी सरकारले जारी गरेको कर्फ्यू आदेशको उल्लंघन गरेको भिडियोहरु फेसबुक वा सोसल मिडियामा पोष्ट गर्ने वा कर्फ्यू उल्लघंन गर्न कसैलाई प्रोत्साहित गर्ने जो कोहीलाई पनि Saudi Information Crime Prevention Law को धारा ६ बमोजिम तीसलाख जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने गरी मुद्दा चलाउन सक्ने जनाएको छ । तसर्थ, यस प्रकारका सजाय हुने कुनै पनि कार्यमा नलाग्नुहुन साउदी अरबमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा नेपाली राजदूतावासले हार्दिक अनुरोध समेत गरेकाे छ ।

साउदी अरबको The Directorate General of Passport (Jawazat) ले गरी साउदी अरबमा रहेका Final Exit Visa वा Exit Visa र re-entry visa लागेका विदेशी नागरिकहरुलाई उक्त भीसाहरु भएमा अविलम्व रद्द (Cancel) गरी भीसा अवधि सकिएपछि लाग्न सक्ने जरिवानाबाट वच्न अनुरोध गरेको साउदी प्रेसले जनाएको छ ।

साउदी अरबले कोरोनाको संक्रमण रोक्ने सावधानी स्वरूप हाल अन्तराष्ट्रिय उडानहरु स्थगित गरेको सन्दर्भमा यो जानकारी सार्वजनिक भएको हो । तसर्थ, आफ्नो राहदानीमा उक्त प्रकारको कुनै छाप लागेको भएमा हेरी ढीला सुस्ती नगरी यहांको आन्तरिक मन्त्रालय (Ministry of Interior) को इलेक्ट्रोनिक सेवाको पोर्टल Absher वा Muqeem बाट यो सेवा लिनुहुन अनुरोध गरिएको छ।

कोही कसैलाई यो पोर्टलको प्रयोग गर्न कठीनाइ भएमा सुरक्षित हिसावले यसको ज्ञान भएका आफ्ना साथिभाईलाई अनुरोध गर्नुहुन एवं सो सम्भव नभएमा नेपाली राजदूतावासको हटलाइनको WhatsApp मा आफ्नो विवरण पठाएमा राजदूतावासले यसमा मद्दत गर्ने व्यहोरा समेत अनुरोध गरेको छ ।

साउदी अरब रियादका सम्वाददाता संग कुरा गर्दै नेपाली दुतावासका महामहिम राजदुत महेन्द्र प्रसाद सिंह राजपुतले साउदी अरबमा रहेका नेपालीहरु अहिले सम्म सबैलाई सकुसल रहेको र आगामी आउने दिनहरुमा पनि कोही कसैलाई केही नहोस भन्दै भगवान संग प्रार्थना समेत गरेका छन् । अहिलेको स्थित गम्भीर रहेकोले सबै जना जुन स्थानमा छन् सबै सोही स्थानमा सुरक्षित यथास्थानमा बस्न उनले नेपाली श्रमिकहरुलाई अनुरोध गरेका छन् ।

बिशेष गरि कोरोना भाइरस बाट बच्नको लागि साउदी सरकारले जारी गरेको नियाममा रहन र होहल्ला गर्ने,मध्यपान र धुम्रपान सेवन गर्ने जस्ता बानी रहेको हुदा सबै जना सचेतभई कोरोना भाइरस नियंत्रण नभए सम्म कोठाबाहिर नजान साथीभाई संग भेटघाट नगर्न बिशेष काममा मात्रै बाहिर निस्किन उनले अनुरोध गरेका छन् । साथै खान पिनामा पनि बिशेष ध्यान दिन अनुरोध गरेका छन् । अहिलेसम्म नेपालीलाई कुनै समस्या नआएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *