फिवर क्लिनिक सञ्चालन गर्न प्रत्येक अस्पताललाई १० लाख रुपैयाँ उपलब्ध गराउने सरकारको निर्णय

डिसी नेपाल
१३ चैत २०७६ २२:०४

काठमाडौं । सरकारले मुलुकभरका लागि हब हस्पिटलका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैया उपलब्ध गराएको छ । ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्षण देखिएर कोरोनाका संकामा जाँचका लागि आएका विरामीलाई राख्नका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दे सरकारले त्यसका लागि प्रति अस्पताल १० लाख रुपैया दिएको हो ।

विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव कोइरालाले हब अस्पताललाई छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गर्दै ती अस्पताललाई १० लाख उपलब्ध गराईएको जानकारी दिए । साथै त्यस्ता विरामीको जाँचका लागि सरकारले आफ्नै ढंगको पिपिइको मापदण्ड बनाएको र सोही मापदण्ड अपनाउन भनिएको पनि उनले जानकारी दिए ।

उनले भने, ‘साधारण रुघाखोकी लागेको विरामीको जाँच गर्नका लागि भनेर पिपिई गाईडलाईन बनाएका छौ र पीपीई गाईडलाईन अनुसार उपचारमा संलग्न हुन भनिएको छ ।’

त्यसैगरी, सरकारले सबै पालिकालाई विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रमा क्वारेन्टाईनमा राख्न निर्देशन दिएको छ । साथै क्वारेन्टाईनमा बसेका व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा तत्काल आईसोलेसनमा राख्ने तथा आईसोलेसनमा राखिएकाहरुको स्वास्थ्य गम्भीर बन्न थाल्यो भने स्वाव परीक्षण गर्न पठाउन निर्देशन गरेको छ । सचिव यादवले क्वारेन्टाईन र आईसोलेसनमा राख्ने तथा त्यसको सम्पुर्ण रिपोर्ट केन्द्र सरकारलाई गराउने सम्बन्धमा स्पष्ट निर्देशिका बनाएर प्रदेश र स्थानीय सरकारलाई पठाईएको बताए । स्थानीय जनप्रतिनिधिलाई दैनिक क्वारेन्टाईनको अनुगमन गरि संक्रमितको, विदेशबाट आएका र आईसोलेसनमा रहेकाको अवस्थाको जानकारी दैनिक रुपमा गृहमन्त्रालयमा भनिएको उनले स्पष्ट पारे ।

उनले भने, ‘यदि त्यस्तो किसिमको ‘सिमटम’ देखिदा स्वासप्रश्वासमा असजिलो भएको छ र सिमटमबाट माथिल्लो स्टेजमा पुगेको छ भने तुरुन्तै स्वाब परीक्षणका लागि केन्द्र वा नजिकको परीक्षण केन्द्रमा पठाउन अनुरोध गरेका छौ ।’

विदेशबाट आउदैमा डराईहाल्नुपर्ने अवस्था नभएको भन्दै उनले सेल्फ क्वारेन्टाईनमा बस्न र कोरोना भाइरसको संक्रमण देखिए तत्काल तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

उनले अहिले सम्म शंका लागेका ७ सय भन्दा बढी नमुनाको परीक्षण गरिएको र ती मध्ये ३ जनामा मात्रै देखिएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *