मादुरो लागु औषध कारोबारी भएको अमेरिकी आरोप, उनीबारे सूचना दिनेलाई १५ मिलियन डलर पुस्कार

डिसी नेपाल
१३ चैत २०७६ २२:१३

वाशिंगटन (एजेन्सी)। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो लागु औषध कारोबारी भएको आरोप लगाएको छ। अमेरिकी महान्यायाधीवक्ता विलियम बारको यो घाोषणासँगै भेनेजुएला र अमेरिकाबीच तनाव बढ्ने देखिएको छ।

अमेरिकाले मादुरोलगायत भेनेजुएलाका अन्य उच्च अधिकारीवरुद्ध लागु औषध अपराधमा मुद्दा चलाउने जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मादुरो र भेनेजुएलाका प्रधानन्यायाधीश पनि लागु औषध कारोबारी रहेको जनाएको छ।

अमेरिकाले भेनेजुएला राष्ट्रपति मादुरोलाई पक्राउ गर्नका लागि सूचना दिने व्यक्तिलाई १५ मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणासमेत गरेको बीबीसीले जनाएको छ। अमेरिका आफूलाई राष्ट्रपति घोषणा गरेको भेनेजुएलाका विपक्षी नेता जाँ ग्वाइदेको पक्षमा छ।

अमेरिकी विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजएलाका जनतालाई, जनप्रतिनिधित्व भएको, विश्वासिलो, जवाफदेही सरकार आवश्यक रहेको र मादुरो नेतृत्वको जस्तो लागु औषध कारोबारी आवश्यक नभएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *