भारतले विमानबाट नेपालका लागि थप १० टन मानवीय सहायता पठायो
काठमाडौं। भारतले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो विमान काठमाडौँका लागि पठाएको छ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरका अनुसार विमानमा पोर्टेबल जेनेरेटर, व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री, खाद्य प्याकेट तथा पानी शुद्धीकरण गर्ने औषधि रहेका छन्।
उक्त विमानमा सुरुङभित्र फसेकाको उद्धारका लागि चिकित्सक, स्वास्थ्य सहायक तथा खोजी टोलीसहित ११ सदस्यीय टोली समेत रहेको जयशंकरले जानकारी दिएका छन्।
भारतले यसअघि दुई पटक गरेर साढे ४७ टन मानवीय सहायता सामाग्री पठाएको थियो। भारतले नेपालमा जारी राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गर्ने जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment