राजधानी बाहिर पहिलो पटक धनगढीमा भेटिए कोरोना संक्रमित

डिसी नेपाल
१५ चैत २०७६ १:१५

काठमाडौं । राजधानी बाहिर पहिलो पटक एक जनामा कोरोनाभाइरस संक्रमण पोजेटिभ भेटिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार धनगढीका ३४ वर्षिया पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत चैत्र ११ गते सेति प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका उनी दुबइबाट नेपाल आएका हुन् । उनको बारेमा थप अनुसन्धान गर्ने स्वास्थ्यमन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोनाको सक्रमितको सँख्या ४ पुगेको छ । जसमध्य १ जना निको भई घर फर्किएका छन भने २ जनाको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमन्त्रालयमा गरिएको दोस्रोपटकको पत्रकार सम्मेलनमा उनले अझै चुनौति थपिएकोले झन सजक रहन सम्पूर्णमा आव्हान गरेका छन् । उनले ‘लकडाउन’लाई अझै कडाइका साथ पालना गरिदिनहुन पनि अपिल गरेका छन् ।




प्रतिक्रिया

One thought on “राजधानी बाहिर पहिलो पटक धनगढीमा भेटिए कोरोना संक्रमित

  1. यो बिदेश भएर किनको मैले नत्रभने :- आफ्नै देश नेपालले , जस्तो पनि फलामको पकाउने भाड़ाहरु बनाउंछ , जे किने पनि पाइन्छ। यो बिदेशमा , जाबो फलाम को भांडो लाइ , नजानेको , चिनेको , नदेखेको जस्तो गरेर एकदम महंगो हालेर किन्न परेयो , त्यो पनि भित्र प्लास्टिक कोड गरेको रहिच। हामी नेपाली हौ , कस्तो चाहिन्छ , त्यो फलामकै कुनै पनि प्लास्टिक कोड नगरेको , डाइरेक्ट पकाएर खादा राम्रै हुने , भलाई हुने बनाउछ नेपालले। (१) यो मुझि बिदेशमा , फलाम को भाडो भनेर किनेको :- के हो , के हो पानी पास्टिक जस्तो कोड गरेको रहिच। यस्तो भाडोमा पकाउनु र अरु भाँडाहरुमा पकाउनुमा के फरक परेयो र ??? हामीले , फलामको भनेर किन्न खोजेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *