नेपाल आयल निगमको प्रवक्तामा उपाध्याय

डिसी नेपाल
१४ चैत २०७६ २०:०६

काठमडौं । पेट्रोलियम पदार्थको आयात र वितरणमा एकाधिकार पाएको नेपाल आयल निगमको प्रवक्तामा आपूर्ति तथा वितरण विभागका उपनिर्देशक विनितमणि उपाध्याय तोकिनुभएको छ ।

निगमका काम कारवाही तथा गतिविधिलाई आमसञ्चार, उपभोक्ता तथा सरकारवाला पक्षसँग सञ्चार गर्ने प्रयोजनका लागि उपाध्ययलाई प्रवक्ता तोकिएको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । यसअघि निगमको प्रवक्ता वीरेन्द्र गोइत थिए । निगमले सहायक प्रवक्तामा प्रशासन विभागका उपनिर्देशक प्रलयंकर आचार्यलाई तोकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.