प्रधानमन्त्री ओली डिस्चार्ज

डिसी नेपाल
१४ चैत २०७६ २१:४८

काठमाडौं। मुटुमा समस्या देखिएपछि बिहीबार राती अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको छ। प्रधानमन्‍त्री ओलीको मुटुको धड्कनमा गडबडी आएपछि बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य अवस्थामा फर्केपछि डिस्चार्ज गरिएको चिकित्सकहरुले जनाएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्किएको जानकारी दिए।

प्रधानमन्त्री ओलीको २४ दिन अघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *