श्रीलङ्कामा कर्फ्यू उल्लंघन गर्ने हजारौँ पक्राउ

डिसी नेपाल
१५ चैत २०७६ १७:०७

कोलम्बो । श्रीलङ्कामा कर्फ्यू उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन ।

श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यहि मार्च २० तारिखदेखि कर्फ्यू लगाईएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिडँडुल गर्न निषेध गरेको छ ।

सरकारको आदेश उल्लघंन गरेको अभियोगमा चार हजार ६०० जनालाई पक्राउ गरिएको छ भने, एक हजार १२५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अरु केही व्यक्तिहरु भने भाग्न सफल भएका थिए ।

प्रहरी नियन्त्रणमा परेका मुस्लिम धर्मावलम्बी होरोपठानमा रहेको मस्जिदबाट पक्राउ परेका हुन । सो ठाउँ राजधानी कोलम्बोदेखी दुई सय मिटर उत्तरतर्फ पर्दछ ।

श्रीलङ्कामा कोरोना भाइरसबाट १०६ जना संक्रमित भएकाले कफ्र्यु लगाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *