पाँचथरमा १२९ जना क्वारेन्टाइनमा

डिसी नेपाल
१६ चैत २०७६ १०:५१

पाँचथर । पाँचथरमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ। चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए।

सङ्कलित विवरणका आधारमा हिजोबाट क्वारेन्टाइनमा राख्ने काम शुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवं कोभिड–१९ जोखिम न्यूनीकरण एवं समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिए ।

जिल्लाका स्थानीय तहहरुले शुक्रबारसम्ममा १२९ व्यक्ति विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए। शनिबारबाट प्राप्त विवरणका आधारमा क्वारेन्टाइनमा राख्ने काम शुरु गरिएको तथा थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम जारी रहेको सुवेदीले बताए ।

शनिबार साँझसम्म सबैभन्दा बढी याङवरक गाउँपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। यस्तै हिलिहाङमा सात, कुम्मायकमा तीन, मिक्लाजुङमा एक र फिदिम नगरपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको छ। यसअघि विदेशबाट आएका यहाँका दुई जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *