स्वास्थ्य सामाग्री बाेकेर बिराटनगर र सुर्खेत उडेकाे सेनाको स्काई ट्रक बीचैबाट किन फर्कियाे?
फाइल फाेाटाे।
काठमाडौं। कोभिड–१९ (कोरोना ) रोकथामका लागि मेडिकल सामान बोकेर गएको विराटनगर र सुर्खेत गएको नेपाली सेनाको स्काई ट्रक बीचबाटै फर्किएको छ।
सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नर्पुयाई फर्किएको विमान स्रोतले जनाएको हो।
मास्क, स्यानिटाजर, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर नेपाली सेनाको स्काई ट्रक सोमबार बिहान उडेको थियो। तर, बीचबाटै फर्किएको विमानस्थल स्रोतले जनायो।
स्काई ट्रकमा रहेकाे केमिकलका कारण पाइलटकाे आँखा पाेलेपछि स्काई ट्रक बीचबाटै फर्काइएकाे हाे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment