तीन दोहरो शतक हान्ने खेलाडी ज्यान जोखिममा राख्दै गरिबको सहयोगमा

डिसी नेपाल
१९ चैत २०७६ १२:१५

काठमाडौं । कोरोना भाइरसले अहिले विश्वभरी सन्त्रास फैलाएको छ । यो माहामारीको कारण हजारौ मानिसहरुले ज्यान गुमाएका छन् । यो अप्ठयारो समयमा खेलजगतका स्टारहरु पनि यो संक्रमणको रोकथामको लागि सम्बन्धित देशको सरकार संग सहकार्य गरेर अगाडि बढिरहेका छन ।

बङलादेशका २४ बर्षिय स्टार खेलाडी मोसद्देक हुसैनले आफ्नो जन्मस्थान म्यामेनसिंहको सडकमा रहेका गरीबहरुलाई खाद्यान्न र कपडा बितरण गरेका छन । कोरोनाको प्रकोपले अहिले कतिपय खेलाडीहरु आराम गरिरहेका छन तर २४ बर्षिय यी खेलाडी आफ्नो स्वास्थ्यको ख्याल नगरी गरिबहरुको सहयोगमा जुटेका छन् । राजधानी ढाकाबाट करिब १२० कि.मी को दुरीमा रहेको यो ठाउँमा कोरोनाका कारण कतिपय गरिबहरुको रोजगारी गुमेको छ उनीहरुलाई खान लगाउन गाह्रो परेको छ । त्यसकारण मोसद्देक बाटोमा रहेका ती गरिबहरुको सहयोगको लागि अगाडि बढेका हुन् ।

मोसद्देक अहिले सामाजिक सन्जालमा भाइरल भइरहेका छन । सामाजिक सन्जालमा उनले एक वृद्ध महिलालाई शरीर ढाक्ने लुगा दिईरहेको तस्बीर एकदमै भाईरल भएको छ । साथै मोसद्देकले सबैलाई गरिबको सहयोग गर्न आग्रह गरेका छन । उनले भने – सबै व्यक्तिहरू स्वस्थ रहुन र हामी यो माहामारी बाट जतिसक्दो टाढा बस्नुपर्छ। म गरीबहरुलाई सहयोग गर्ने सक्दो प्रयास गर्दैछु र अरु मानिसहरूलाई पनि गरिबहरुलाई मद्दत गर्न अपिल गर्दछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *