तातोपानी नाका खुलाउने पहल

डिसी नेपाल
१९ चैत २०७६ २१:५६

काठमाडौं । नेपाल सरकारले बन्द रहेको तातोपानी नाका खुलाउने निर्णय गरिसके पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । विश्वभर फैलिएको कोरोनाभाईरस (कोभिड–१९) सङ्क्रमणको कारणले अहिले तातोपानी नाका सुनसान छ ।

बन्द रहेको तातोपानी नाका खुलाउन र त्यहाँको अवस्थाबारे बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य माधव सापकोटा, नेकपाका नेता सरल सहयात्री, बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पा, जिल्ला जन स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईं, भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पा, स्थानीय जनप्रतिनिधी लगायतको टोलीले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा तातोपानीका भन्सार अधिकृत लालबहादुर खत्रीसँग मन्त्री दुलालले जानकारी लिएका थिए । खत्रीले भन्सारमा ‘हेल्थ डेस्क’ सञ्चालन गरेर अत्यावश्यक सामान ढुवानी गर्न सकिने जानकारी गराए । आजै मन्त्री दुलालले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग चौतारामा भेट गर्दै आवश्यक सम्वन्य गरी नाका सञ्चालन गर्न निर्देशन दिए। यस्तै मन्त्री दुलालले आजै सिन्धुपाल्चोकका बिभिन्न स्थानमा निर्माण गरिएका आइसोलेसन र क्वारेन्टाइन वार्डको निरीक्षण समेत गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *