सल्यानका तीन जनाको कोरोना टेस्ट रिर्पोट आयो
सल्यान । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सल्यानका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । बनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलाका दुई र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका एकको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।
तीनै जनालाई उच्च ज्वरो देखिएपछि उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएकामा कोरोना रिपोर्टमा नेगेटिभ देखिएको सल्यान अस्पतालका प्रमुख डा अर्जुन बुढाले जानकारी दिए । उनीहरूको जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।
यही चैत १० गते कामको सिलसिलामा भारतबाट घर आएका बनगाड कुपिण्डे–१२ निगाल्चुला माझखर्कका एक पुरुषलाई उच्च ज्वरो देखिएपछि उनकी श्रीमतीसहितलाई सल्यान अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment