महत्त्वपूर्ण खेलहरू चीनमानै आयोजना गर्ने चीनको ठूलो निर्णय
काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसियाले बुधवार ठूलो निर्णय लिँदै चीनमा तेस्रो एसियाली युवा खेलको मिति घोषणा गरेको छ। खेलहरू आगामी वर्ष २०२१ नोभेम्बरमा आयोजना गरिनेछ। कोरोनाभाइरसको महामारी चीनको वुहानबाट शुरू भयो जुन यूरोप, अमेरिका र एसियामा फैलियो। जसको कारणले टोकियो ओलम्पिक खेल पनि एक बर्षको लागि स्थगित गरियो।
ओलम्पिक काउन्सिल अफ एसियाले २० देखि २८ नोभेम्बरसम्म एसियाली युवा खेल आयोजना गर्ने निर्णय गरेको छ। खेलको आयोजक राष्ट्रको निर्णय २०१९ मा भएको थियो तर मिति बुधवार घोषणा गरियो। ओलिम्पिक काउन्सिल एसियाका महानिर्देशक हुसेन अल मुसल्लामले एक पत्रमा भने – मलाई यो भन्न पाउँदा खुसी लागेको छ कि (ओसीएले) चीनको शान्ताउमा आयोजना हुने तेस्रो एसियाली युवा खेलकुद आयोजक समितिसँग छलफल गरेर २०२१ नोभेम्बर २० देखि २८ सम्म गर्ने निर्णय गरेको छ ।
पहिलो युवा एसियाली खेल २०११ मा सिंगापुरमा र दोस्रो २०१३ मा नानजिंगमा भएको थियो । तेस्रो २०१७ मा श्रीलंकामा हुने खेल स्थगित गरिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment