चर्चित खेलाडी गम्भीरले राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने
नयाँ दिल्ली । भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरेका छन् ।
सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना सङ्क्रमण विरुद्धको लडाइमा टेवा पु¥याउन आफ्नो तलव दिने घोषणा गरेको बताएका हुन्।
“अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफुले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ” उनले बिहिवार भने ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गरे ।
भारतमा बिहिवारसम्म कोरोना भाइरसको कारण एक हजार ९६५ जना सङ्क्रमित भएका छन् । तिमध्ये १३१ जना पछिल्लो १२ घण्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
कुल बिरामीमध्ये एक हजार ७६४ जना अझै पनि बिरामी अवस्थामा छन् भने ५० जनाको मृत्यु भइसकेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment