करिब ९० लाख मानिसले हेरे महिला टि २० विश्वकपको फाईनल
काठमाडौं । गत अप्रिल २ मा अष्ट्रेलियामा भएको भारत र अष्ट्रेलियाबीचको आईसीसी महिला टी २० विश्वकप फाईनल खेल भारतका ९० लाख भन्दा बढी मानिसहरूले हेरेर टिभी र डिजिटल प्लेटफर्ममा दर्शकहरूको लागि नयाँ रेकर्ड बनाएका छन । मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा ८६ हजार एकसय ७४ दर्शकहरू उपस्थित भएको खेलमा अष्ट्रेलियाले भारतलाई पराजित गरेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहीबार टिभी र डिजिटल दर्शकहरूको तथ्यांक जारी गरेको छ । जस अनुसार यो प्रतियोगिताले क्रिकेट प्रशंसकहरूमा महिला क्रिकेट प्रति धेरै चासो जगाएको छ । भारतमा यो प्रतियोगिता जम्मा ५ अर्ब ४० करोड मिनेट हेरिएको छ । यी मिनेटहरू मानिसहरूले लामो समयसम्म विशेष खेल हेरेका आधारमा गणना गरिएको हो । अस्ट्रेलियामा २१ फेब्रुअरी देखि ८ मार्च सम्म भएको प्रतियोगितामा आईसीसी डिजिटल च्यानल धेरै हेरिएको थियो ।
प्रतियोगिताको भिडियोहरू एक अरब दस मिलियन पटक हेरिएर महिला क्रिकेटमा सबैभन्दा धेरै हेरिएको प्रतियोगिता भएको छ। २०१९ पुरुष विश्वकप पछि सबैभन्दा धेरै हेरिएको प्रतियोगिता पनि हो ।







डिसी नेपाल








Facebook Comment