यी नेतालाई ७६ लाखको कारको ड्राइभिङ सिटमा राखेर कारसहित चिहानमा गाडियो

डिसी नेपाल
२१ चैत २०७६ १६:२१
8
Shares

जोहान्सबर्ग। हरेक धर्ममा अन्तिम संस्कारको आ–आफ्नै नियम हुन्छ । तर, मृत्यु हुने व्यक्तिको अन्तिम इच्छा परिवारको लागि निकै महत्वपूर्ण हुन्छ । यो इच्छा पूरा हुँदा मृतकको आत्माले शान्ति पाउने विश्वास गरिन्छ । यस्तै अन्तिम इच्छाको कारण दक्षिण अफ्रिकाका एक नेतालाई कफिनको सट्टा उनलाई मन पर्ने कारको साथमा चिहानमा गाडिएको छ । यो घटना दक्षिण अफ्रिकाको जोहान्सबर्गको हो ।

द साउथ अफ्रिकनका अनुसार युनाइटेड डेमोक्रेटिक मुभमेन्टका नेता शेकडे पित्सोलाई उनको मृत्यु भएपछि उनको अन्तिम इच्छा अनुसार कुनै कफिनको सट्टा उनलाई मन पर्ने कार मर्सिडिज इ–५०० को ड्राइभिङ सिटमा राखेर कारसहित चिहानमा गाडिएको हो । गाड्ने बेला ड्राइभिङ सिटमा राखिएका पित्सोका हत स्टेयरिङमा राखिएका थिए ।

शेकडेकी छोरीका अनुसार यो उनको मन पर्ने कार थियो । शेकडेले यो कार ६२ हजार २४० डलर (साढे ७६ लाख नेपाली रुपैयाँ)मा किनेका थिए । छोरीका अनुसार शेकडे कुनै बेला धनी व्यारी थिए । त्यतिबेला उनीसँग धेरै कारहरु हुन्थे । तर, पछि उनलाई घाटा लाग्यो र सबै कारहरु बेच्नुपर्यो । त्यसपछि उनले यो कार सेकेण्ड ह्याण्ड किनेका थिए । शेकडेको अन्तिम संख्कारका तस्वीर सामाजिक संजालमा भाइरल भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *