मन्त्री भण्डारीद्वारा क्वारेन्टाइनमा रहेका नेपालीको अवस्थाबारे जानकारी

डिसी नेपाल
२२ चैत २०७६ ९:३१

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुक्खा बन्दरगाहका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रदेश नं ५ को बाँकेको जमुनाह सुक्खा बन्दरगाहमा अस्थायी पाल टाँगेर बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य, खानपिन र बसोबास अवस्था बुझ्न शुक्रबार कानूनमन्त्री भण्डारीले स्थलगत अनुगमन गरेका थिए ।

भारतबाट आएकालाई भारत फर्काएर त्यहीको क्वारेन्टाइनमा राख्ने सहमति भए पनि नेपालीले नमानेपछि बाँके प्रशासनले बिहीबार क्वारेन्टाइनसहितको अस्थायी टेन्ट निर्माण गरेर उनीहरुलाई व्यवस्थापन गरेको थियो। क्वारेन्टाइनमा १७९ जनालाई राखिएको छ।

मन्त्री भण्डारीले बाँके प्रशासनले गरेको प्रारम्भिक व्यवस्थापन सन्तोषजनक रहेको बताए । यसैगरी बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाका प्रमुख, कर्णालीसहित त्यहाँका सबै सुरक्षाका प्रमुख र नेपाल रेडक्रसलगायतको सहभागितामा बसेको बैठकले यहाँको समग्र क्षेत्रको विषयमा आपसी समन्वय गरेर जाने निर्णय भएको उनले जानकारी दिए ।

मन्त्री भण्डारीले १४ दिनको क्वारेन्टाइनपछि समान्य अवस्थामा रहेका सबैलाई घरमा पठाउने व्यवस्था मिलाइने र कोभिड–१९ विरुद्धको अभियानमा अभियान्ताका रुपमा लाग्न प्रोत्साहित गरिने बताए ।

उनले शुक्रबार नै नेपालगञ्जस्थित नेपाल प्रहरीको क्षेत्रीय तालिम केन्द्रसमेतको निरीक्षण गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *