नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

डिसी नेपाल
२० साउन २०८३ १०:३३

काठमाडौं। नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत आवेदन दिएका उम्मेदवारहरूमध्येबाट आलम अध्यक्षमा चयन भएका हुन्।

नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण समारोहमा मन्त्री मेहताले फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन निर्देशन दिइन्। साथै, उनले औषधि सेवाको गुणस्तर सुधार, फार्मेसी शिक्षाको व्यवस्थित नियमन, पेसागत मर्यादा कायम र जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न नवनियुक्त अध्यक्ष आलमलाई आग्रह गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *