डा. महतले कसको दबावमा निकाले विज्ञप्ति?

डिसी नेपाल
२४ चैत २०७६ १४:०९

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले आफूले मध्यावधि चुनावको माग नगरेको जिकिर गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै डा. महतले आफूले बोल्दै नबोलेको विषयमा अनलाइनमा समाचार आएको भन्दै आपत्ति जनाएका हुन्।

‘हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसंगलाई तोडमोड गरेर एउटा अनलाइनमा मैले मध्यावधी निर्वाचनको माग गरेको भनी हेडलाइन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो। अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई वंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ।’

तर महतले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा मध्यावधी चुनाव हुनुपर्छ भनेका थिए।

नेता महतले आफ्नो व्यक्तिगत धारणा भन्दै मध्यावधी निर्वाचन आफ्नो व्यक्तिगत धारणा रहेको बताएका छन्।

‘यो चाँहि मेरो व्यक्तिगत धारणा हो। मेरो व्यक्तिगत धारणा त के हो भने ओलीजीले राजीनामा दिएर उहाँको ठाउँमा आर्को कम्युनिष्ट पार्टीको अरु नेता आएपनि उहाँहरुको पनि अहिले चाहीँ जसले बागडोर लिएका उपप्रधानमन्त्रीलगायतका सबको देखिसकियो, ओलीजी सक्रिय हुँदापनि धेरै कुरा बिग्रिएको थियो । अहिले बिरामी भएर निस्क्रिय पर्दामा हुँदापनि अरु सञ्चालन गर्नेहरुको पनि त्यही हालत देखियो । त्यसकारण अब यो कम्युनिष्ट पार्टीले त के छ भन्देखी अब देशको जनतालाई ओलीजीको ठाउँमा अरु कोही भएर अब देश चल्ला भन्ने विश्वासनै छैन, उनले भनेका छन्।

तर महतले आइतार जारी गरेको विज्ञप्तिमा आफूले मध्यवाधी निर्वाचको कुरा नगरेको जिकिर गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *