विद्यार्थीलाई तत्काल राहतको व्यवस्था गर्न माग

डिसी नेपाल
२६ चैत २०७६ २१:३५

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देश तथा विदेशमा रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले बुधबार एक विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा लकडाउनका कारण खान नपाएर अलपत्र परेका नेपाली विद्यार्थीलाई तत्काल राहतको व्यवस्था गर्न सरकार र दूतावासलाई आग्रह गरेका छन् ।

‘पढाईका सिलसिलामा देश तथा विदेशका विभिन्न भागमा बसेका विद्यार्थीलाई राहत वितरणमा प्राथमिकता दिन आग्रह गर्दछौँ’, विज्ञीप्तमा भनिएको छ । नेविसंघका महामन्त्री दीपक भट्टराईले राहत वितरणमा सरकारले विद्यार्थी र मजदूरलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।

‘विद्यार्थीसँग खर्चको अभाव हुने भएकाले विद्यार्थीलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्छ’, उनले भने । विश्वमा फैलिँदै गएको नोबेल कोभिड–१९ लाई ध्यानमा राखेर नेपाल सरकारले यही चैत ११ गतेदेखि आगामी वैशाख ३ गतेसम्म देशभर लकडाउन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *