भारतसँग जोडिएका खुल्ला सीमानाका बन्दलाई निरन्तरता दिने सरकारको निर्णय

डिसी नेपाल
२ वैशाख २०७७ १९:१५

काठमाडौं । सरकारले नेपाल प्रवेश गर्ने सबै विन्दु र भारतसँग जोडिएका खुला सीमानाका बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । मालसामानको ढुवानी जारी रहेपनि मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द गरिएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारी निर्णयको अवज्ञा गर्दै नेपाल प्रवेश गर्ने वा कुनै विदेशी नागरिकलाई लुकाएर राखेको पाइएमा प्रचलित कानून अनुसार कारवाही गर्ने निर्णय पनि गरिएको खतिवडाले जानकारी दिए ।

सरकारले लकडाउनको अवधि वैशाख १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । पहिलो पटक चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ता लक डाउनको घोषणा गरेको सरकारले चौथो पटक बैशाख १५ गतेसम्म समय थपेको हो ।

यसअघि, लकडाउन अवधि बढाउँदै चैत २५ गतेसम्म प¥याइएको थियो । त्यसपछि वैशाख ३ गतेमध्यरातिसम्म लकडाउनको अवधि थप गरिएको थियो । कोरोना भाइरसको संक्रमण अझै फैलिने सम्भावना देखिएकाले लकडाउनलाई बैशाख १५ गते सोमबार मध्यरातसम्मका लागि निरन्तर दिने निर्णय भएको छ ।

यसैगरी, सरकारले सहसचिवहरुको बढुवा तथा सचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ । प्रशासन कलस्टरका सह सचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गर्दै प्रदेश नम्बर २ को प्रमुख सचिवमा सरुवा गरेको छ । प्रदेश नम्बर २ का प्रमुख सचिवलाई सुदूपरपश्चिमको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय सरकारले गरेको छ । त्यसैगरी, इञ्जिनियरिङ कलस्टरका सहसचिव सागर राईलाई सचिवमा बढुवा बढुवा गर्दै नेपाल ट्रष्टको सचिवमा सरुवा गरिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.