विशेष महाधिवेशन पक्षलाई देउवा समूहको चुनौती: ७७ जिल्लामै खटाइए केन्द्रीय प्रतिनिधि

डिसी नेपाल
२७ भदौ २०८३ १७:११

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन मंसिरमा गर्ने तयारी अघि बढाएको छ।

केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर गतिविधि अघि बढाएको भन्दै देउवा समूहले आपत्ति जनाएको हो।

शुक्रबार जारी विज्ञप्तिमार्फत कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले २०८३ मंसिर २१, २२ र २३ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको जनाएको छ। समितिले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिकासमेत सार्वजनिक गरेको छ।

तयारी समिति संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको दाबी गरिएको छ।

गत साउन २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेला/सम्मेलनको निर्देशनअनुसार भदौ १७ र १८ गते बसेको १५औँ महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति र प्रारम्भिक कार्यतालिका तय गरेको विज्ञप्तिमा उल्लेख छ।

महाधिवेशनका विभिन्न तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत गरिएको छ। जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्ने निर्णय भएको जनाइएको छ।

यसका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत तोकिएको छ। काठमाडौंमा कल्याणी रिजाल, ललितपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा भने प्रतिनिधि तोकिएको सूचीमा उल्लेख छैन।

यस्तै, कास्कीमा शंकर भण्डारी र प्रा.डा. कृष्ण गौतम गरी दुई जना प्रतिनिधि तोकिएका छन् भने अन्य जिल्लामा पनि विभिन्न नेताहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ।

कांग्रेसभित्र संस्थापनपक्ष र इतर समूहबीच महाधिवेशनको वैधानिकता तथा नेतृत्वको आधिकारिकतालाई लिएर विवाद चर्किरहेका बेला देउवा समूहले आफ्नै प्रक्रियाअनुसार महाधिवेशनको तयारी अघि बढाएको हो।

कांग्रेसले असोज १६ देखि १९ सम्म १५ औँ महाधिवेशन गर्ने तालिका ल्याएर तयारी थालिसकेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *