२४ दिनदेखि जारी लकडाउन झन् कडा

डिसी नेपाल
४ वैशाख २०७७ १३:४६

काठमाडौं। कोरोना भाइरस कोभिड—१९ संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको आज २४ औं दिन पुगेको छ।

गत चैत ११ गतेबाट हक हप्ताका लागि जारी गरिएको लक डाउन संक्रमणको जोखिम बढेसँगै पटक पटक थपिँदै आएको छ। पछिल्लो समय सरकारले एकै पटक १२ दिन लक डाउनको अवधि बढाएर बैशाख १५ गतेसम्म पुर्याएको छ।

लकडाउनका कारण उपत्यका सुनसान भएको छ। अत्यावश्यक सवारी र केही पास बाहक सवारी मात्रै सञ्चालनमा आएका छन्। सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन गरेको छ।

सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन् । ठाउँ ठाउँमा चेकजाँच भइरहेपनि केही व्यक्तिहरु अनावश्यक रुपमा सवारी चलाइरहेको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.