भारत सरकारको अमानवीय व्यवहार, ट्रकमा राखेर नेपालीलाई सीमामा अलपत्र छाडियो
सांकेतिक तस्वीर
काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा भारतीय प्रहरीले ट्रकमा राखेर नेपाली नागरिकलाई अमानवीय ढंगले ल्याएर छाडेको छ । दुई देशबीच आफ्ना नागरिकलाई जहाँको त्यही व्यवस्थापन गर्ने सहमति विपरित भारतीय पदाधिकारीले भारतको सितामणीवाट ट्रकमा मानिस हालेर ल्याइ सर्लाही जिल्लाको सीमा भित्र मध्यरातमा छाडेर गएका हुन् ।
नेपाली पदाधिकारीले केहिलाई नेपालको क्वारेन्टाइनमा राखेका छन् भने केहीलाई भारत तर्फ नै फर्काइदिएका छन् । भारतीय सुरक्षाकर्मीले बिहीबार राति सीमा क्षेत्रमा छाडेका १ सय २३ नेपालीमध्ये शुक्रबार बेलुकीसम्म ९१ जनालाई फेरि भारत फर्काइएको छ । बिहीबार राति भारतमै क्वारेन्टाइनमा बस्दै आएका उनीहरूलाई कन्हौली नाकास्थित दशगजा क्षेत्र लखनदेही खोला नजिकै ट्रकमा ल्याएर छाडिदिएको सर्लाही प्रहरीले जनाएको छ ।
तीमध्ये ९१ जनालाई भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी शुक्रबार बेलुकी पुनः भारततर्फ नै फर्काइएको सर्लाही प्रहरी स्रोतले जानकारी दियो । नेपाली सुरक्षा निकायसँग समन्वय नै नगरी भारतले उनीहरूलाई सीमामा ल्याएर छाडेको हो । सीमामा ल्याएर छाडिएकामध्ये २४ जना भने सर्लाहीको चन्द्रनगर पगेको पनि प्रहरी स्रोतले जनायो । ९१ जनालाई नेपालतर्फका सुरक्षाकर्मीले सीमामै रोकेर राखे पनि २४ जना भने लुकिछिपी चन्द्रनगरसम्म पुगेका हुन् ।
उनीहरुलाई पनि पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई अहिले कामद माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको र तत्कालै बबरगन्जस्थित दुर्गा खोभारी जनता माविमा क्वारेन्टाइन बनाएर सार्ने तयारी भइरहेको छ । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले भारततर्फको सीमामा कडाइका साथ निगरानी गरिरहेको बेला भारतीय अधिकारीहरुले नेपाली नागरिकलाई अमानवीय ढंगले नेपाल भारत सीमा नाकामा छाडेको हो ।
यसअघि पनि भारतीय प्रहरीकै सहयोगमा टनकपुर र मेलाघाट खुलानाकाबाट नेपालीलाई पठाईरहेको थियो । महाकाली नगरपालिका दोधाराचाँदनी भएर नेपाल पुगेका २० जनालाई भीमदत्त नगरपालिका–१२ मा रोकेर क्वारेन्टाइमा राखेको थियो । उनीहरुको स्वास्थ्य परीक्षणका लागि भन्दै वडाध्यक्ष कृष्णसिंह देउपाले रोकेका थिए । भारतीय निजी कम्पनीका सवारी साधन मार्फत उनीहरु बनबासा क्षेत्रमा छाडेका थिए । जो नेपाली जहाँ छ, त्यही स्थानबाट भारतीय निजी कम्पनीका सवारी साधनले सीमा क्षेत्रसम्म पु¥याएर छाड्ने गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
महाकाली सन्धि अगाडी सन्धिवाट नेपाललाई खरबौं रुपैया राजश्व फाइदा हुञ्छ भनि सन्धि गराउन भूमिका खेलेर भारतलाइ महाकाली बेच्ने धेरै दलाल राजनीतिक नेताहरु मध्येका एक छुच्चो उखाने नेता ओली हुन् जसले भुकम्प पछिको नाकाबन्दीको बेला भारतको अघोषित नाकाबन्दीको कथित नौटंकी बिरोध गरेर प्रधान मन्त्रि भयको हो। तर उसलाई भारतले नौ महिना पछि लोप्पा ख्वायर माओबादी-कांग्रेसको गठबन्धन गरायर प्रचण्ड र देउबा लाइ प्रधान मन्त्रि बनायको थियो। पछि संघिय संसदको चुनावमा राष्ट्रबादी नारा लगायर प्रचण्डको माओबादी पार्टी संग एकता गरेर झन्डै दुइ तिहाई बहुमतवाट प्रधानमन्त्री भयपछि भ्रस्टाचारलाई शुन्य सहनशीलता भन्दै भ्रस्टचारीहरुलाइ चोख्याउन खोज्ने तर महाकाली नदिको लिम्पियाधुरा देखि कालापानीसम्म कब्जा गरेर नया नक्शा प्रकाशित गर्दा पनि मोदी र भारतको बिरोध गर्न नसक्ने यी बिरामी प्रधान मन्त्रि ओलीले अहिले झन् कोरोनाका सम्भावित संक्रमित नेपालीहरु लाइ सिमावारी अमानवीय ढंगले ल्याएर छाड्दा पनि चुँ बोल्न सक्दैन भने अब यो प्रधानमन्त्रिवाट के आशा गर्ने, खोइ? निरङ्कुश तरिकावाट आफ्ना सबै आसेपासे भ्रस्टचारीहरु लाइ बर्खास्त गरेर उच्च स्तरिय छानबिन आयोग बनायर दुधको दुध,पानीको पानी छुट्टयाउने कामको आशा गर्नु त् झन् दिवा स्वप्न हुन्न र?