विदेशबाट फर्किनु परे नेपालमा अवसरका सम्भावना कस्ता छन् ?

डिसी नेपाल
६ वैशाख २०७७ १४:१९
24
Shares

आज समग्र विश्व कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले आक्रान्त भएको छ। जसका कारणले २० औँ लाख भन्दा बढी संख्यामा बिरामीहरु उपचाररत छन् भने लाखौँ मानिसले ज्यान गुमाइसकेका छन्।

धेरैजसो देशले पूर्णरुपमा लकडाउन गरेका छन् भने कतिपय देशहरुले आंशिक रूपमा बन्दाबन्दी गरेका छन्। उद्योग धन्दा, व्यापार व्यबसाय प्रायः ठप्प नै छन्। अत्यावश्यक वस्तु र सेवाको कारोबार बाहेक अन्य आर्थिक गतिविधि शून्य प्रायः छन्। यस्तो परिस्थिति कहिलेसम्म रहन्छ भन्ने कुनै अनुमान लगाउन सक्ने अवस्था छैन।

नेपालमा कोरोनाका कारण मुख्यतया पर्यटन, परिवहन, मनोरञ्जन सम्बन्धित व्यवसायहरु मारमा परेका छन् भने उत्पादन मूलक व्यवसायसमेत प्रभावित भएका छन्। विश्व अर्थतन्त्र ठप्प छ। हजारौं व्यवसाय धरासायी अवस्थामा पुगेका छन्। फलस्वरूप लाखौँ मानिसको रोजगारी गुमाउने अवस्था छ। वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीसमेत समस्यामा पर्न थालेका छन्।

यसरी ठूलो परिमाणले रोजगारी गुमाउँदा सरकारलाई रोजगारी सृजना गरी जनतालाई रोजगार प्रदान गर्ने ठुलो चुनौती थपिएको नै छ। साथै आकर्षक योजना ल्याएर विदेशबाट फर्किएका नागरिकलाई उत्पादनशील क्षेत्रमा लगाउन सके जनतालाई रोजगारी त प्राप्त हुन्छ नै साथै उनीहरुले विदेशमा आर्जन गरेको सीप, ज्ञानलाई प्रयोग गरी उत्पादनशील कर्म देशलाई अर्थिक आत्मनिर्भरतातर्फ लैजाने सुनौलो अवसर समेत प्राप्त हुने छ।

हाल वैदेशिक रोजगारीमा तथा अध्ययनका सिलसिलामा रहेका वैधानिक तथा अवैधानिक करिब ७० लाख नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मध्येबाट कम्तिमा करिब २५ लाख भन्दा बढी नेपाली बेरोजगार भई नेपाल फर्किन सक्ने आँकलन हुन थालेका छन्। एकातिर कोरोनको त्रास, रोजगारी गुमाउने डर वा रोजगारी गुमाई सकेर भोकै पर्ने डर भने अर्कोतिर बिपतको बेलामा परिवार भन्दा टाढा हुँदाको मानसिक पीडा।

दिन दिनै सयौका संख्यामा नेपाली दाजुभाइ दिदीबहिनी रोजगारी गुमाउन थालेको समाचारहरु प्राप्त भइराखेका छन्। तर, हाम्रो श्रममन्त्री बिदेशबाट आफ्ना नागरिकहरुलाई तत्काल नेपाल फिर्ता ल्याउन नसक्ने भन्दै गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिइरहेका छन्। आशा गरौ चाँडै नै राज्यले रोजगारी गुमेर विदेशमा बिचल्लीमा परेका आफ्ना नागरिकको उद्धार शुरू गर्ने छ, र यो कठिन परिस्थितिबाट चाँडै नै छुटकारा पाइने छ ।

हरेक नागरिकले आफू बाँच्न पाउने र स्वदेश फर्कन पाउने अधिकार भएको आभाष पाउनेछन् । तत्काल सरकारले रोजगारी गुमाई बिचल्लीमा परेका नागरिकको उद्धार सुरु नगरेको खण्डमा कोभिड १९ माहमारीको संक्रमणकाल झन लम्बिए परिस्थिति बिकराल हुने अवस्था छ। त्यसैले सरकारलाई कुनै न कुनै रुपमा उद्धार सुरु गर्नको लागि दबाब जारी राख्नु पर्ने देखिन्छ ।

कोभिड १९ महामारीकै कारण बिदेशमा रोजगारी गुमे पनि निराश नै हुनुपर्ने अवस्था छैन। नेपाल फर्किएर गर्ने सक्ने रोजगारी र स्वरोजगारका अवसरहरु प्रशस्त छन्। जस्तै कृषि, पशुपालन, लघु उद्योग, पसल, बिक्रेता, कन्स्ट्रक्सन, सीपमुलक तालीम केन्द्र, मर्मत सम्भार इत्यदि । विदेशमा हुने सम्पूर्ण साथीहरुलाई अनुरोध छ, पहिला रोग लाग्नबाट बचौं सावधानी अपनाऔं, ज्यान रहे सबै कुरा फेरि आर्जन गर्न सकिन्छ। केही समय धैर्य गरौँ, बिदेशको रोजगारी मात्रै दुनियाँ होइन, बिदेश जानु पहिला पनि हामी बाँचेका थियौं र भोलिका दिनमा पनि बच्ने नै छौं। खुशी–खुशी नेपाल फर्कौं आफ्नो देश बनाउनु छ । अरुको देश बनाउने हातहरुले आफ्नो देश बनाउन सक्छ, देशलाई विदेश आएपछि बाँझो रहेको गैरीखेत, पल्लो बारीले बोलाउँदै छन्। तिनै पाखा पखेरामा हरियाली छाउनु छ , उत्पादन गर्नु र राज्यलाई कृषि परनिर्भरताबाट आत्मा निर्भरतातर्फ लैजानु छ।

१।कृषिः कृषि क्षेत्र सबै भन्दा धेरै संभाव्यता भएको क्षेत्र हो। नेपालको कृषि क्षेत्र निर्वाहमुखी भन्दा माथि उठ्न सकेको छैन। यदि सरकारले राम्रा र किसान मुखी नीति तथा कार्यक्रम ल्याउन सके ठूलो संख्यामा नागरिकलाई रोजगारी प्रदान गर्न सक्ने क्षेत्र हो। राज्यले कृषि यन्त्रिकारण, कृषी मैत्री प्रबिधि, कृषी भण्डारण पूर्वाधारको बिकास, सहज र सुलभ पूँजीको ब्यबस्था, सहज र सुलभ प्राबिधिक तथा बिउ बिजनको उपलब्धता गराउने किसिमको किसान मुखी नयाँ कृषि नीति लिएर आएमा कम्तिमा यो क्षेत्रमा १५ नेपालीले रोजगारी प्राप्त गर्ने छन।

२- साना तथा घरेलु उद्योगः सानो लगानीमा शुरू गर्न सकिने बिभिन्न खालका उद्योग सञ्चालन गर्न सकिने छ । जस्तै खाद्य उद्योग, धुप उद्योग, ब्लक उद्योग इत्यादि।

३- कन्ट्रक्शनः लगभग २२ लाख मानिस सडक बिस्तार, बिद्युत बिस्तार जस्ता आयोजनामा रोजगार छन् जस मध्ये लगभग २५ प्रतिशत अर्थात ९६ लाख भन्दा बढी बिदेशी नागरिकले काम गरिरहेका छन् भन्ने अनौपचारिक तथ्यंकहरु छन्। यो क्षेत्रलाई सुविधाहरु बढाई जस्तै ज्यालदारी कामदारलाई समेत सामाजिक सुरक्षाको दायरा ल्याउने, कम्पनीले स्वस्थ्य बिमा गरी दिने इत्यादि गरेमा नेपाली हरुको आकर्षण बृद्धि यो पेशाप्रति थप नेपाली नागरीकको आकर्षण बढाउन सकेमा यो क्षेत्र पनि धेरै नै सम्भावना भएको क्षेत्र हो ।

४- सीपमूलक तालीम कक्षाको सञ्चालनः आफूले विदेशमा आर्जन गरेको सीप हस्तान्तरण गर्ने उद्देश्यका साथ हामीले बिभिन्न सीपमूलक तालीम केन्द्रको स्थापना गरेर सीपमूलक तालीम कक्षाहरुको सञ्चानल गरेर आय आर्जन गर्न सकिने छ।

५। कन्सल्टेन्सी तथा मर्मत सम्भार ब्यबसायः हामीले बिदेशमा आर्जन गरेको ज्ञानलाई प्रयोग गरी कुनै पेशाको लागि सल्लाह सुझाब दिने कन्सल्टेन्सी ब्यबसाय, बिभिन्न किसिमका मर्मत साम्भर सम्बन्धी ब्यबसायहरु सञ्चालन गरी आय आर्जन गर्न सक्ने अवसरहरु प्रशस्त रहेका छन्।

६- बिक्रेता तथा सेल्स म्यानः नेपालमा पनि शपिङ्ग मलको बिस्तार हुने क्रम रहेको कारण सेल्सम्यानको रोजगारी सहज रहने छ साथै हामी घर घरमा गएर उत्पादनर समान बिक्री बितरण गर्ने ब्यबसाय गरी आम्दानी प्राप्त गर्न सक्ने अबसरहरु रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *