फुडमाण्डुले गरायो फिल्ड कर्मचारीलाई कोभिड–१९ बीमा

डिसी नेपाल
९ वैशाख २०७७ १७:३३

काठमाडौं । अनलाईन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले कोभिड–१९ बाट आफ्ना कर्मचारीहरुलाई सुरक्षा गर्नका लागि हालै बीमा समितिले लागू गरेको कोभिड–१९ बीमा गराएको छ । फुडमाण्डुले एनएलजी इन्स्योरेन्स कम्पनीसँग आफ्ना १९ जना डेलिभरी स्टाफहरुको बीमा गराएको हो ।

फुडमाण्डुले प्रति व्यक्ति १ लाख रुपैयाँको कोभिड–१९ बीमालेख खरिद गरेको हो । सो बीमालेखले कर्मचारीहरुलाई १ वर्षसम्म कोभिड–१९ बाट सुरक्षा प्रदान गर्नेछ ।

फुडमाण्डु कोभिड–१९ बीमालेख लिने एनएलजी इन्स्योरेन्स कम्पनीको पहिलो कर्पोरेट ग्राहक समेत हुन सफल भएको छ ।

कोभिड–१९ बीमालेख फुडमाण्डुका संस्थापक अध्यक्ष मनोहर अधिकारीको उपस्थितीमा एनएलजीका कर्पोरेट एण्ड इन्टरनेशनल बिजनेस हेड अन्जन ढकालले फुडमाण्डुकी अपरेशन हेड प्रतिमा अधिकारीलाई सोमबार हस्तान्तरण गरे ।

कोभिड–१९ बाट बच्न सरकारले देशभर लकडाउन गरेको अवस्थामा पनि फुडमाण्डुले ग्राहकहरुलाई निरन्तर सेवा दिईरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.