प्रिया प्रकाशले गरिन् यस्तो काम, हेर्दा हेर्दै भिडियो भाइरल (भिडियो)

डिसी नेपाल
१० असोज २०७५ १५:१५

एजेन्सी। इन्टरनेटमा आँखा झिम्क्याएर मानिसको मन जित्न सफल अभिनेत्री प्रिया प्रकाश वारियर निरन्तर चर्चामा छिन्। प्रिया प्रकाशको अहिलेसम्म एउटा पनि फिल्म रिलीज भएको छैन। तर उनको लोकप्रियताले भने शिखर चुमेको छ।

प्रिया मलयाली फिल्म ओरु अदार लवबाट उनी फिल्मी उद्योगमा डेब्यू गर्दैछिन्। फिल्मको ट्रेलर र गीत यसअघि नै हिट भइसकेका छन्। योबीचमा प्रिया प्रकाशको अर्को भिडियो भाइरल भइसकेको छ। जुन भिडियोमा उनी एक व्यक्तिसँग पंजा लडाउँदै गरेको देखिएको छ।

यो भिडियोमा प्रियालाई स्कुल ड्रेसमा देख्न सकिन्छ। यो भिडियो उनको डेब्यू फिल्म ‘ओरु अदार लव’ को सेटको हो। यसमा प्रिया प्रकाश एक व्यक्तिसँग पंजा लडाइरहेकी छन् र उनलाई परास्त गर्न असथर्म भइन्। प्रिया प्रकाशले दुई वटै हात प्रयोग गरेर पनि ती व्यक्तिलाई हराउन सकेकी छैनन्।

ठिक त्यति बेलै प्रिया प्रकाशको को–स्टार रोशन अब्दुल राउफ आए र उनले प्रिया प्रकाशलाई सहयोग गरेर उनलाई जिताए। यतिबेला फिल्म ‘ओरु अदार लव’ को नयाँ गीतलाई दर्शकले खुब मन पराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *