द नन बन्यो सबैभन्दा सफल हरर फिल्म, कमायो २२ सय करोड
एजेन्सी । तीन साताअघि रिलिज भएको कन्जुरिङ फिल्म सिरिजको फिल्म द ननले हालसम्मकै सर्वाधिक सफल हरर फिल्म बनेको छ। भेराइटीका अनुसार फिल्मले संसारभरबाट दुई हजार २ सय ४० करोड नेपाली रूपयाँको कारोबार गरेको छ।
समाचारका अनुसार रिलिज भएको तेश्रो सातामा पनि फिल्मको उच्च कमाइ जारी रहेको छ। अन्तराष्ट्रिय बजारमा फिल्मले १९१.७ मिलियन अमेरिकी डलरको कमाइ गरेको समाचारमा जनाइएको छ।
तेश्रो सातामात्रै फिल्मले ८० अन्तराष्ट्रिय बजारबाट ३५.५ मिलियन अमेरिकी डलरको कमाइ गरेको हो।
हरर विधामा सर्वकालिन कमाइ गर्ने क्रममा फिल्मले आफ्नो २६ बजारमा सर्वाधिक कमाइ गर्यो जसमा कोलम्विया, स्वीडेन जस्ता बजारहरू पर्छन्।
फिल्मले कोरियामा मात्रै ४.६ मिलियन अमेरिकी डलरको कारोबार गर्दा फ्रान्समा ४.४ मिलियनको कमाइ गर्यो भने रसियामा उसको कमाइ ४.३ मिलियन डलर छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment