शोकमा बलिउड, रहेनन् अभिनेता इरफान खान
मुम्बइ। बलिउड फिल्म उद्योगमा ठूलो शोक परेको छ । अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो । उनको स्थिति निकै गम्भीर थियो । रिपोर्टका अनुसार इरफान पेटको समस्याले ग्स्त थिए । उनलाई कोलोन इन्फेक्सन भएको थियो ।
My dear friend Irfaan. You fought and fought and fought. I will always be proud of you.. we shall meet again.. condolences to Sutapa and Babil.. you too fought, Sutapa you gave everything possible in this fight. Peace and Om shanti. Irfaan Khan salute.
— Shoojit Sircar (@ShoojitSircar) April 29, 2020
निर्देशक सूजीत सिरकारले ट्वीटरमार्फत यसको जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन् ‘मेरा प्रिय मित्र इरफान । तिमी लड्यो अनि लड्यौ अनि लड्यौ । मलाई तिमीमाथि सधैं गर्व रहनेछ । हामी फेरि भेट्नेछौं । सुतापा र बाबिललाई मेरो समवेदना । तिमीले पनि लडाइँ लड्यौ ।’ २ वर्ष पहिले इरफानको न्यूरो इन्डोक्राइन ट्युमर नामको रोगको उपचार भएको थियो ।







डिसी नेपाल








Facebook Comment